Logo

Breaking News 1

फट्टेमा तीन वर्ष अघि बगाएको पुल अझै निर्माण हुन सकेन, अस्थायी पुल पनि बाढीले बगायो



काठमाडौं । मेलम्ची नदीमा गएराति गएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका– ११ स्थित फट्टेमा रहेको स्थायी पुल २०७८ सालको बाढीले बगाएपछि ह्युमपाइप राखेर बनाइएको अस्थायी पुल पनि आइतबार राती बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताए ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ का साथै हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो। पुल बगाएसँगै आवातजावतमा समस्या भएको मेयर तामाङले बताए ।

उक्त स्थानमा पक्की मोटरेवल पुल निर्माणका लागि नगरपािलकाले डिपिआर तयार पारेर इआइए प्रतिवेदन समेत बनाइसकेको भए पनि पुल निर्माणका लागि स्वीकृति नपाउँदा पुल निर्माण कार्य अघि नबढेको तामाङले जानकारी दिए ।

प्रदेशको पूर्वाधार निर्देशनालयमा डिपीआर प्रतिवेदन पठाएका छौं । त्यहाँबाट पत्र प्राप्त हुनासाथ पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने भनेर कुरेर बस्दा बस्दा अहिलेसम्म परिपत्र आएको छैन ।

हामीले यो वर्ष पनि नगरसभाबाट ८ करोड बजेट विनियोजन गरेका छौ । स्वीकृति मिल्नासाथ टेण्डर प्रकृया अगाडि बढाउँछौं,’ तामाङले भने । पुल बगाउँदा स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान, वारिपारी गर्न अहसज भएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ३२ बजे