काठमाडौं, १७ मंसिर । भारत र न्यूजिल्यान्ड बीचको दोस्रो टेस्ट क्रिकेट अहिले चलिरहेको छ ।
मुम्बई स्थित वानखडे स्टेडियममा चलिरहेको खेलमा भारत व्यटिङ गरिरहेको छ ।
टस जितेको भारतले पहिले व्याटिङ रोजेको हो ।
आजको खेलमा न्युजिल्यान्डका कप्तान केन विलियम्य भने मैदानमा छैनन् ।
कुहिनमा समस्या देखिएको समस्या पुन : दोहोरिएपछि विलियम्यनले दोस्रो टेस्ट गुमाउन पुगेका हुन् ।
विलियम्यसनले खेल गुमाउने भएपछि न्यूजिल्ययान्डको कप्तानी टम लाथमले सम्हालेका छन् ।
खेलमा अहिले व्याटिङ गरिरहेको भारतले १०औं ओभरको खेल चलिरहँदा बिनाकुनै नोक्सानि ३० रन जोडेको छ ।
भारत र न्यूजिल्यान्डबीचको पहिलो खेल बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया