Logo

Breaking News 1

इंग्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य



काठमाडौं । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।

सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६÷३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेका ब्रेन्डन किङ रिटायर्ड हर्ट भए ।

शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए । अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट आफ्नो नाममा गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : १५ बजे