Logo

अर्थ

तीन दिनदेखि सुनकाे मूल्य एउटै, चाँदीकाे घट्याे



काठमाडौं । स्थानीय बजारमा सुन भाउ तीन दिनदेखि स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : १७ बजे