Logo

विश्व

नाइजेरियामा डुंगा पल्टिंदा २९ जनाको मृत्यु



काठमाडौं । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुगा पल्टिँदा २९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कतिपय बालबालिका पनि रहेको बताइएको छ । सात जनाको जवितै उद्धार गरिएको छ ।

धार्मिक कार्यक्रममा सहभागी हुन गईरहेका मानिसहरु सवार रहेको डुंगाा नदी पार गर्ने क्रममा पल्टिएको हो ।

क्षमताभन्दा बढी यात्रु बोकेको र खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । 

डुङ्गामा ५० जनाभन्दा बढी यात्रु सवार थिए । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : १३ बजे