काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ मा अस्ट्रेलिया पुगेको छ । अस्ट्रेलियाले नामीबियालाई ९ विकेटले पराजित गर्दै सुपर–८ मा प्रवेश गरेको हाे ।
नामिबियाले दिएको ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५।४ ओभरमा एक विकेट गुमाउँदै ७४ रन बनायो । जितसँगै अस्ट्रेलियाले ६ अंक जोड्यो ।
अस्ट्रेलियाले समूह बी को खेलमा ओमानलाई ३९ र इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो । अब अस्ट्रेलियाले समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ ।
स्कटल्यान्ड तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । नामिबियाको दुई अंक रहँदा इङ्ल्यान्डको एक र ओमान अंकविहीन छ ।
प्रतिक्रिया