Logo

Breaking News 1

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द



काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो ।

यससँगै नेपाल र श्रीलंकाले एक/एक अंक पाएका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ । अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : २४ बजे