Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ जेठ ३० गते, बुधवार, १२ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि, १९ः३४ बजेपछि सप्तमी। मघा नक्षत्र। चन्द्रराशि सिंह।

मेष
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

वृष
साझेदारीका समस्या सुल्झाएर अघि बढ्रन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।

मिथुन
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।

कर्कट
लक्ष्मीको कृपाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।

सिंह
अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

कन्या
धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ। तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ।

तुला
दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ।

वृश्चिक
सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ। ताकेको उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ। धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ। चिताएको काम आंशिक रूपमा सम्पादन हुनेछ। आफ्नो उपलब्धिको वस्तुमा अरूले दाबी गर्लान्।

धनु
प्रयत्न गर्दा बिस्तारै सफल भइनेछ। तर केही समय अरूका लागि जुट्नुपर्नेछ। केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहोला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। अवसरले पछ्याउनेछन्।

मकर
अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ।

कुम्भ
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ।

मीन
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : ०२ बजे