Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक जारी, चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल हुँदै



काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । 

मंगलबार प्रतिनिधिसभामा मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : ५२ बजे