Logo

Breaking News 1

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी



काठमाडाैं । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेकाे जनाइएकाे छ ।

अहिले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जनाइएकाे छ ।

यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा ‘फेल’ भएसरह मानिने उनले बताए ।

गत चैत १५ गतेदेखि सुरु भएको यो वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् । 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : १२ बजे