Logo

Breaking News 1

मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कविहीन



काठमाडाैं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको छ ।

मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमान कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ३८ बजे