Logo

विश्व

अमेरिकाको एक विद्यालयमा गोली प्रहार, तीन विद्यार्थीको मृत्यु



काठमाडाैं । अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ३ विद्यार्थीको मृत्यु भएको छ ।

हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षका छात्रा रहेका छन् ।

एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ३६ बजे