Logo

मुख्य समाचार

सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया


२५ जेष्ठ २०८१, शुक्रबार  

115
Shares

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्।

सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताए । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको दाबी छ ।

कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी किसिमको नागरिकता पाएका भनेर भ्रम फैलाइएको सम्भवले बताए ।

प्रहरीले नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ गरेको थियो । कैलाशलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो । कैलाशको पक्राउलाई गृहमन्त्री लामिछानेले प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ११ : १२ बजे