Logo

विश्व

ओमिक्रोनको प्रभाव: अष्ट्रेलिया र जापानद्वारा विदेशी विद्यार्थीलाई प्रतिबन्ध



काठमाडौंं। अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाएको हो । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ५१ बजे