Logo

विश्व

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी



काठमाडौं । जापानको इशिकावा प्रिफेक्चरमा आज विहान ठूलो भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार आज बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान टाइम्सले जनाएको छ ।

विभागले यसअघि भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ । यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० जनाभन्दा धेरैको ज्यान गएको थियो । धेरै भवनमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : ३२ बजे