Logo

खेलकुद

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली


१८ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ । ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो ।

क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो ।

क्रिकेटलाई समावेशी र विविधता दिने उद्देश्यले बहुसांस्कृतिक दूत अवधारणा ल्याइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतका व्यक्ति दूतका रूपमा चयन गरिएको छ । दूतका रुपमा चयन भएका दुई नेपालीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १ : २० बजे