Logo

मुख्य समाचार

उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने अनुमान गरिएको बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको चैत महिनामा ओसत मूल्यवृद्धि ४.६ प्रतिशतमा सिमित रहेको बताएका हुन् । चालु आर्थिक वर्षको चैत महनिामा सम्ममा आयात २.८ प्रतिशतले र निर्यात ३.७ प्रतिशतले घटेको बताए ।

शोेधनान्तर स्थिति तीन खर्ब ६५ अर्बले बचतमा रहेको उनले उल्लेख गरे । विदेशी मुद्राको संचिती १२.५ महिनाको वस्तुको आयात धान्न प्रयापत रहेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ४९ बजे