Logo

मुख्य समाचार

सामाजिक सञ्जालमा सरकारको सरोकार



काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताकोे प्रत्याभूति गरिने घोषणा गरेको छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन् ।

संचार क्षेत्रलाई निस्पक्ष, समावेशी, व्यवसायीक र स्वतन्त्र बनाउँदै सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निस्पक्ष रुपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइने बताए । त्यस्तै, पुनले लुम्बिनीमा कृष्णसेन इच्छुक संचारग्राम स्थापना गरिने घोषणा गरे ।

संचारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको अवसर उपलब्ध गराइने बताउँदै अर्थमन्त्री पुनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाइने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : १५ बजे