Logo

Breaking News 1

टीओआरमा दलहरुबीच सहमति



काठमाडौं ।  सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबीच सहमति भएको छ ।

कार्यादेश टुंगो लगाउन गठित कार्यादलको बैठकबाट टुंगो लगाइएको हो । प्रतिनिधिसभाको आज बस्ने बैठकबाट उक्त समिति बनाइने जनाइएकाे छ ।

संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : १६ बजे