काठमाडौं । संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो ।
सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।
प्रतिक्रिया