Logo

मुख्य समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, लिएको मत अवैधानिक ठहर



काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मतलाई अवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरेको छ ।

न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको हो ।

अदालतले ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय प्रदेश सभामा ३१ मत आवश्यक हुनेमा उनले ३० जनाको समर्थन पाएका थिए ।

अधिकारीलाई अवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पाण्डेले गत वैशाख २५ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ४१ बजे