Logo

मुख्य समाचार

बुढानीलकण्ठ बैठकपछि कांग्रेसका नेताहरू बालुवाटारमा



काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) मा राखिने विकल्पको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा भएका छलफल र प्रधानमन्त्रीसँग भएका छलफलबारे बैठकमा छलफल भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी अहिले बालुवाटार गएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : २७ बजे