Logo

मुख्य समाचार

सिरोहियालाई अदालत उपस्थित गराइँदै



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए ।

सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : ०४ बजे