Logo

Breaking News 1

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज पनि बस्दै


११ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ ।

संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ३७ बजे