Logo

खेलकुद

आईसीसी महिला टी-ट्वान्टी विश्वकप: नेपालको तेस्रो जित, मलेसिया पराजित



काठमाडौं । आईसीसी महिला टी ट्वेन्टी विश्वकप छनौट खेलमा नेपालले तेस्रो जित हात पारेको छ । युएईको दुबईमा जारी खेलमा मेलेसियालाई हराउँदै नेपालले लगातार तेस्रो जित हात पार्न सफल भएको हो ।

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्‍यो। नेपालका लागि सिता राना मगरले ३० रन बनाउँदा कप्तान रूविना क्षेत्रीले २० रन जोडिन्।

कविता जोशीले १० रन जोड्दा इन्दु बर्माले ४ रन बनाएर आउट भइन्। मलेसियाका लागि आइसा इल्साले १ विकेट लिइन्।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोडेको थियो ।

जितसँगै नेपाल ४ खेलबाट ३ जितसहित शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली युएईको सामना गर्नेछ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : १६ बजे