Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ जेठ ९ गते, बुधबार २२ मे २०२४ । वैशाख शुक्लपक्ष चतुर्दशी तिथि १८ः२० बजेपछि पूर्णिमा । स्वाती नक्षत्र, प्रातः ७ः४१ बजेपछि विशाखा। चन्द्रराशि तुला।

मेष
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृष
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

मिथुन
समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कर्कट
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। तापनि, शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका सम्पादन गर्न सकिनेछ।

सिंह
लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कन्या
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

तुला
आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। अवसर प्राप्त भए पनि परिस्थिति प्रतिकूल रहनेछ। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ।

वृश्चिक
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ।

धनु
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

मकर
विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। रोकिएका काम दोहोर्याउन सकिनेछ।

कुम्भ
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

मीन
न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ६ : ०५ बजे