Logo

प्रविधि

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन



काठमाडौं । नेपाल टेलिकमले जीएसएम मोबाइल सेवामा अनुमतिविनै ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको थियो । तर, अनुमति नलिई ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै प्राधिकरणले अब यस्तो नगर्न निर्देशन दिएको हो ।  

टेलिकमले गत वर्षसम्म ९७ को रेन्जमा कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मा मात्रै प्रयोग गरिरहेको थियो । सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जीएसएममा रुपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । अहिले जीएसएमको नयाँ सिम पनि ९७ कै रेन्जमा राखेर वितरण भइरहेको छ ।

नम्बरिङ प्लानअनुसार अहिले ९७६ र ९७४ मा आधारित भएर जीएसएम नम्बर वितरण गरिरहेको छ । टेलिकमले यसअघि ९८४, ९८५, ९८६ गरी तीन रेन्जमा जीएसएम नम्बर वितरण गरिरहेको थियो  अहिले नेपालमा करिब ३ लाख २० जार सीडीएमए प्रयोगकर्ता छन् । अब उनीहरुलाई जीएसएममा लैजाने र नयाँ प्रयोगकर्तालाई पनि नयाँ रेन्जबाट नम्बर वितरण गर्ने योजना टेलिकमको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ४६ बजे