Logo

Breaking News 1

कांग्रेसको अवरोधकाबीच अघि बढे सभामुख घिमिरे



काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडी बढाएका छन् ।

विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

कांगेसको अवरोधका बिच सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका थिए ।

मर्यादापालकको सुरक्षाबीच प्रचण्डले रोस्टर्मममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन् । सभामुख घिमिरले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पनि पारित गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १ : १३ बजे