Logo

Breaking News 1

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो



काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ । खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ । जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ ।

हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन । ‘टर्कीबाट खटाइएको ड्रोनले जलेको ठाउँको पहिचान र्गयो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’ अनादोलुले उल्लेख गरेको छ । आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ८ : १७ बजे