Logo

विश्व

गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ : बाइडेन



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल—हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।

गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।

यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायता पुगेको पुष्टि गरेको थियो । गाजामा पुगेको सो सहयोग नै पहिलो मानवीय सहायता थियो । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : २८ बजे