Logo

विश्व

युद्धग्रस्त गाजापट्टीमा तीन इजरायली बन्धकहरुको शव फेला, १७ अमेरिकी डाक्टर सुरक्षित



काठमाडौं । गएको ७ महिनादेखि जारी हमास—इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो । तीनै जनाको पहिचान समेत खुलेको छ । आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको हो ।

गएको ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा ती जना मारिएका थिए । पछि आतंकवादीहरूले शव गाजामा लगेका थिए । सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो । लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो ।

युद्धका कारण हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले इजरायलले गाजामा जमिनमा आक्रमणलाई तीव्र बनाएको छ । यसैबीच गाजामा फसेका २० अमेरिकी डाक्टरहरुमध्ये १७ जना सुरक्षितरुपमा फर्किएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : २४ बजे