Logo

अर्थ

राष्ट्रसंघको अनुमान : यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशत



काठमाडौं । यो वर्ष भारतको आर्थिक वृध्दि सात प्रतिशतले हुने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ । भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणहरू परिमार्जन गर्दै राष्ट्र संघले सन् २०२४ मा भारतको अर्थतन्त्रमा लगभग सात प्रतिशतले वृध्दि हुने पूर्वानुमान गरेको छ ।

हिजो (बिहीबार) जारी गरिएको विश्वको आर्थिक स्थिति र सन् २०२४ को मध्यसम्मको सम्भावनामा भनिएको छ, ‘भारतको अर्थतन्त्र सन् २०२४ मा ६.९ प्रतिशत र २०२५ मा ६.६ प्रतिशतले विस्तार हुने छ ।’

मुख्यतया बलियो सार्वजनिक लगानी र लचिलो निजी उपभोगद्वारा संचालित कार्यक्रमले आर्थिक वृध्दिमा प्रभाव पार्नेछन् । तर व्यापारिक निर्यात वृद्धि जारी रहने यसले औषधि र रसायनको निर्यात कडा रूपमा विस्तार हुने विश्लेषण गरिएको छ ।

जनवरीमा जारी गरिएको संयुक्त राष्ट्र विश्व आर्थिक स्थिति र सम्भावनाहरूको प्रतिवेदनले बलियो घरेलु माग, उत्पादन र सेवा क्षेत्रहरूमा बलियो वृद्धिको बीचमा भारतको वृद्धि २०२४ मा ६ दशमलव २ प्रतिशतमा पुग्ने अनुमान गरिएको थियो ।

आर्थिक अवस्थाको पछिल्लो मूल्याङ्कनमा सन् २०२५ को लागि भारतको जीडीपी वृद्धिको जनवरीमा अनुमान ६.६ प्रतिशतमा स्थीर रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : २१ बजे