काठमाडाैं । आज मिति २०८१ जेठ ४ गते, शुक्रबार १७ मे २०२४ । वैशाख शुक्लपक्ष नवमी तिथि ९ः४० बजेपछि दशमी । पूर्वफाल्गुनी नक्षत्र, २२ः११ बजेपछि उत्तर फाल्गुनी। चन्द्रराशि सिंह ।
मेष
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थिति फेरिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनबाट राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। 
वृष
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। ढिलासुस्तीले पनि काम रोकिन सक्छ। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। समस्या दर्साउँदा साथ दिनेहरू भेटिनेछन्।
मिथुन
नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। 
कर्कट 
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। 
सिंह 
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 
कन्या
आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला। प्रयत्न गर्दा पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ।
तुला
केही काम रोकिए पनि तत्काललाई राम्रै आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी मनग्य भए पनि परिस्थितिले खर्च बढाउनेछ र सञ्चय गर्न बाधा पुग्नेछ।
वृश्चिक
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।
धनु
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। 
मकर 
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। 
कुम्भ 
परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। अर्थअभावले सताउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ।
मीन 
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। 

                    
                








                    
                    
                    
प्रतिक्रिया