Logo

मुख्य समाचार

सत्तापक्षका शीर्ष नेताबीच छलफल



काठमाडौं । संसदको अवरोध फुकाउन विकल्प खोज्न सक्रिय रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका दुइ नेतासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबारको प्रतिनिधि सभा वैठक सञ्चालन बारे छलफल गरे पनि कुनै निष्कर्ष भने निस्किएन ।

संसदीय छानबिन समिति गठन गर्ने कि अरु नै विकल्प निस्कन सक्छ भनेर तीन नेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयबाट थाहा भएको छ ।

प्रधानमन्त्रीले आजै बिहान सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । संसदको अवरोध हटाउने बारेमा सत्ता पक्षका दलहरूले नै एउटा विकल्प तयार गर्न सभामुखले सुझाएका थिए ।

प्रतिनिधि सभाको बैठक भोलि बिहीबार ११ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठक पनि अवरोध गर्ने भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ४३ बजे