Logo

मुख्य समाचार

प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार दुई नेताबिच भेटवार्ता भएको हो ।

दुवै नेताबिच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेका माग, नीति तथा कार्यक्रम लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष ओली नेपाली कांग्रेसले भनेजस्तो सहकारी प्रकरणमा रवि लामिछानेसहितलाई कारबाही हुनेगरी संसदीय छानबिन समिति नबनाउने पक्षमा छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ३ : ५३ बजे