Logo

मुख्य समाचार

संसदमा कांग्रेसको बकबास सुनिरहन तयार छैनौं : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए ।

कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’

ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने बताए । उनले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे ।

अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जाने बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ३ : २२ बजे