Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच गम्भीर भेटवार्ता सुरू



काठमाडौं। गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि सिंहदरबारस्थित् प्रधानमन्त्रीको च्याम्बरमा पुगेका छन् । सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई बोलाएका हुन् । उनीहरुबीच भेटवार्ता सुरु भैसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपनि केहीबेरमा उक्त बैठकमा मिसिने जनाईएको छ । अहिले ओली आफ्नो दलको संसदीय दलको बैठकमा व्यस्त छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ । सदनको अवरोध हटाउनेबारे अहिले सत्ता गठबन्धनका मुख्य घटका नेतृत्वबीच बैठक बसेको हो । प्रधानमन्त्री दाहालले कांग्रेसले भनेजस्तो नभएपनि समग्र सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिने आफ्नो मध्यमार्गी प्रस्ताव बाहिर ल्याएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : १८ बजे