Logo

मुख्य समाचार

नेकपा एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी



काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : ३६ बजे