Logo

मुख्य समाचार

सहकारी ठगलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने



काठमाडौं । सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । ‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो ।

देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’ बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् ¥याली निकालिने उनले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ४८ बजे