Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राखेका छन् ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ ।

तर मंगलबार सरकारले आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकाले सोका लागि संसद्मा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको बैठकले निर्णय लिनेछ । प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा कांग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिने बताए ।

छानबिन समिति गठन गर्नुपर्ने मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएपनि त्यसबारे सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अडान राखेका छन् । कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठक पूर्णरुपमा अवरोध गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ६ : ४६ बजे