Logo

Breaking News 1

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।

दिउँसो १ बजे संसदीय कार्यसमितिको बैठक र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने जनाइएकाे छ । बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ३६ बजे