Logo

खेलकुद

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो ।

युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए ।

जितसहित आर्सनलले ३७ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहको म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक बनाएको छ । अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ ।

सिटीले २ खेल खेल्न बाँकी रहँदा आर्सनलको एउटा खेल बाँकी छ । आर्सलले एभर्टनसँग खेल्न बाँकी रहँदा सिटीले टोटनह्याम र वेस्टयामसँग खेल्ने छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : १८ बजे