Logo

मुख्य समाचार

कानूनमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफलमा सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल थालेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्य/प्रमुख सचेतक र सचेतकसँगको छलफल जारी छ । छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतका विषयमा केन्द्रित छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ४३ बजे