Logo

मुख्य समाचार

कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसमिति बैठकले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख र सरकारले गृहमन्त्रीलाई संसद्‌मा बोल्न अवरोध गरेको निष्कर्ष निकालेको छ । 

शनिबार पार्टी सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र सरकारको रवैयाका कारण गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न नपाएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताएका हुन् ।

उनले सभामुख देवराज घिमिरे सभामुखको रूपमा भन्दा पनि एमाले नेताको रूपमा प्रस्तुत भएको उनले आरोप लगाए । 

तर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध गरेको थियो । उनले सरकारले संसद्‌मा पेश गर्ने कुनै पनि कार्यक्रममा कांग्रेसले अवरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ४३ बजे