Logo

मुख्य समाचार

पूर्वाधार विकासमा धेरै ठुला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली



काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगति भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक, रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गरे । 

उनले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक दशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गरे ।

उनले देशभरका पालिकाको पक्की बाटो सदरमुकाम सम्म जोडन आफूहरूले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर,नर्स, औषधी उपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गरे । 

उनले बनेका पूर्वाधारको प्रयोगमार्फत कृषि क्षेत्रमा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : १२ बजे