Logo

खेलकुद

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी चम्किएपछि नेपालले कतारसामु जितका लागि २११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए ।

त्यस्तै, ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५ कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन बनाए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : २० बजे