Logo

अर्थ

नयाँ बर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड


३० चैत्र २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । २०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।

नेपाल शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ३७ बजे