Logo

खेलकुद

गोपी लन्डन म्याराथनमा सहभागी हुँदै



काठमाडौं । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन् ।

नेपालगञ्ज म्याराथनले बुधबार गोपीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ ।

राखेप सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिँदै उनको यातायात प्रवन्ध राखेपले गर्ने जानकारी दिए । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिँदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए ।

नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए ।

नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ ।

गोपीले तयारी राम्रो गरेकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए  ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २३ बजे