Logo

समाचार

भोलि बिहीबार सार्वजनिक विदा



काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

भोलि चैत २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २० बजे