Logo

खेलकुद

गुजरातविरुद्ध टस जितेर बलिङमा नेपाल



काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको पहिलो खेलमा नेपालले टस जितेको छ ।

गुजरातसँगको पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।

नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ ।

नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ ।

प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ३० बजे